भुकम्प पीडित किसानका दुःख – अन्न राख्ने ठाँउ छैन, रुख–रुखमा राखेका छन् मकै (फोटोफिचरसहित)


काभ्रे– जिल्लाको मेच्छे गाविस– ९, मुक्पाका पुग्दा अनौठो देखिन्छ । किसानसँग न बस्ने घर छन् न अन्नवाली राख्ने भण्डार नै । अस्थायी वाँसस्थानमा अन्नबाली राख्न समस्या छ । त्यसैले उनीहरुले यसरी रुखमा राख्न बाध्य भएका छन् ।
सरकारले पूनर्निमाणको ठोस योजना ल्याउँला र घर बनाउँला भनेर बसेका भुकम्प पीडित किसनाका दु:ख बढेको बढ्यै छन् । भुकम्प पीडित किसानलाई अन्नबाली व्यवस्थापन गर्न यतिखेर ठूलो समस्या परेको छ । भूकम्पले घर ध्वस्तभएपछि विगत ७ महिना देखि अस्थायी टहरोमा बस्दै आएका छन किसान । उनीहरुले रुखमा अन्नबाली भण्डारण गरेका छन् ।
भूकम्प प्रभावित क्षेत्रका किसानहरुलाई अन्नबाली राख्ने ठाउँको अभाव भएपछि उनीहरुले अनेक उपाय अपनाएका छन् । खाद्यान्न संकट आउन चिन्तामा छन किसान ।
मकै बाली भण्डारण गर्नकै लागि भएपनि मेच्छे–९, मुक्पा धामीटोलका कामीसिं तामाङले खीर्राको रुख नजिक अस्थायी टहरो निर्माण गरेका छन् । मकै रुखमा झुन्डाएर राखेका छन् । अस्थायी टहरोमा राख्ने ठाउँ नभएपछि गाउँ भरिका किसानहरुले यसरी नै मकैलाई बाहिर राख्ने गरेका छन् ।
च्यासिङखर्क–५ गोलेटोलकी माइली मायाँ तामाङले मकैे राख्ने ठाउँ नभएपछि समस्या बभएको बताइन । ‘मकै पाकेर त ल्याइयो अस्थायी टहरामा सुत्नालाई मात्रै ठाउँ पुग्छ अन्नबाली कहाँ राख्ने होला अहिले लाई बाहिरै राखेको छ पानी पर्दा चिन्ताले सताउन थालेको छ’ उनले भनिन् ।’
फलामेटार–९ की कान्छी मायाँ तामाङको समस्या उनको भन्दा फरक छ । ७ महिना बितिसक्दा सम्म अस्थायी टहरा समेत छैन उनको । भूकम्पका कारण श्रीमानको मृत्युपछि किरिय गर्न स्थानीयसँग लिएको ४० हजार ऋणले उनले अस्थायी टहरा समेत बताउन नसक्दा अझै पनि उनको बास त्रिपालमुनी नै छ ।
भूकम्प पिडितहरुले अन्नबाली राख्ने ठाउँ नभएपछि कुहिएर खद्यान्नको अभाव हुने भन्दै चिन्ता गर्न थालेका छन ।





man

उपराष्ट्रपति पासाङका जीवनमा ५० गोप्य कुरा (पढ्नुहोस्, अन्तर्वार्ता)


एकीकृत माओवादी जनसेनाको समायोजन हुनुपूर्व नन्दकिशोर पुन पासाङसँग पत्रकार नेत्र पन्थीले उनको नीजि जीवनका पाटामाथि कुराकानी गरेका थिए । जनयुद्धका सैन्य कमान्डर समेत रहेका पासाङ गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति बनेका छन् । एउटा विद्रोही सेनाका कमान्डर उपराष्ट्रपति भएको उपलध्यक्षमा यो अन्तर्वार्ता पाठकहरुका लागि पुन: प्रकाशित गरेका हौँ ।

१ आफ्नै नजरमा पासाङ के हो ? को हो ?
सम्पूर्ण शोषण, उत्पीडन, हस्तक्षेपविरुद्ध जनता, राष्ट्र र क्रान्तिका लागि सधैँ समर्पित भएर लडिरहने । अनि क्रान्तिको एउटा बफादार सिपाहीका रूपमा उभिरहने क्रान्तिकारी कम्युनिस्ट विचार बोकेका संघर्षरत व्यक्ति वा आमूल परिवर्तनका लागि जनयुद्धमा होमिएका व्यक्ति हो पासाङ ।
२ पासाङ नाम कसरी जुर्‍यो ?
म रोल्पाको जिल्ला पार्टी कमिटीमा हुँदा र जनयुद्धको थालनीको अवस्थासम्म मेरो नाम लिफङ थियो । राजनीतिमा आइसकेपछि जिल्ला कमिटीमा नाम फेराँै भन्ने निर्णय भयो । सुगन्धित फूलको नाम पासाङ हुन्छ, त्यो फूल असाध्यै उचाइमा पाइन्छ भन्ने सुनेको थिएँ । त्यही नाम राख्छु भन्ने निर्णय गरेर पासाङ राखेँ ।
३ कस्तो परिवारमा जन्म भयो, अनि विवाह कसरी भयो ?
म रोल्पाको राङ्सीमा निम्न मध्यमवर्गीय परिवारमा जन्मिएँ । मेरो प्रेम विवाह भएको हो–हस्तमाली पुनसँग ।
४ तपार्इंको स्वभाव निर्माणमा कुन–कुन पक्ष हाबी छन् ?
मेरो स्वभाव निर्माणमा आन्तरिक र बाहय पक्ष हाबी छन् । आन्तरिक पक्षमा पारिवारिक वातावरण, जातीय स्वभाव, रहनसहन, संस्कृति, वर्ग धरातल तथा वंशानुगत पक्ष हाबी छन् भने बाहय पक्षमा शोषण, उत्पीडन, अन्याय–अत्याचार, सामाजिक विभेद, वर्ग विभेद, सामाजिक, आर्थिक वातावरण, वर्गसंघर्ष तथा अन्तर्संघर्ष एवं पार्टी जीवन पद्धतिका पक्ष हाबी छन् भन्ने लाग्छ ।

५ तपार्इंको स्वभावका सबल पक्ष के–के हुन् ?
सरल, सहज, सिधा, इमानदार र खुला, सबैसँग घुलमिल हुन रुचाउने, अरूलाई पनि आफूजस्तै सरल र सहज इमानदार ठान्ने, सबैप्रति खुला दृष्टिकोण राख्ने । सबैसँग सहयोगी भावना राख्ने, छलछाम षड्यन्त्र दायाँ–बायाँ गर्न नजान्ने, खुला र सिधा बोल्ने, रिजर्भ नरहने, कसैसँग नडराउने, सबैलाई सही व्यवहार गर्ने, अरूबाट अपेक्षा कम गर्ने, आफँैमा बढी भर पर्ने, आत्मनिर्भर ढंगले सोच्ने, अनावश्यक तर्क बहस नगर्ने, खुला, उदार, दयालु र अरूलाई धोका दिनु, गद्दारी गर्नु, विश्वासघात गर्नु, अपराध हो भन्ने ठान्नु जस्ता स्वभाव मेरा सबल पक्ष हुन् जस्तो लाग्छ ।
६ आफ्नो स्वभावका कमजोर पक्ष के छन् ?
तुरुन्तै अरूलाई विश्वास गरिहाल्नु, अरूलाई पनि आफूसरह सरल सहज ठान्नु, छिट्टै घुलमिल हुन खोज्नु, आवश्यकताभन्दा बढी उदार र दयालु हुनु । घुमाउरो नबोली सिधा–सिधा बोल्नु, रिजर्भ नरहनु कसैलाई शंका नगर्नु, सबैप्रति खुला दृष्टिकोण राख्नु, आफु रिजर्भ नरहने, राजनीतिभन्दा विचार र व्यवहारलाई प्राथमिकता दिने, बढी सिधा र इमानदार स्वभाव मेरा कमजोरी हुन् जस्तो लाग्छ ।
७ आफ्नो स्वभावबाट के–के हटाउन पाए हुन्थ्यो ?
तुरुन्तै अरूलाई विश्वास गरिहाल्ने, अरूलाई पनि आफूसरह सरल र सहज ठान्ने, आवश्यकताभन्दा बढी उदार र दयालु हुनु, राजनीतिभन्दा विचार र व्यवहारलाई प्राथमिकता दिने, बढी सिधा कमजोरी हटाउन पाए हुन्थ्यो ।
८ आफ्नो स्वभावमा के–के थप्न पाए हुन्थ्यो जस्तो लाग्छ ?
सिधा र जातिगत स्वभाव हटाई अन्य जातिगत स्वभाव प्लस भए सायद राम्रो हुन्थ्यो कि भन्ने लाग्छ ।
९ कसैलाई हेर्ने धारणा कसरी बनाउनुहुन्छ ?
व्यक्तिको स्वभाव, रहनसहन, गतिविधि, बोलीचाली र व्यवहारबाट र उसले गरेको कामका आधारमा उसलाई हेर्ने धारणा बनाउँछु ।
१० कतिखेर रिस उठ्छ ?
कसैले धोका दिँदा, विश्वासघात गर्दा, सहमति सम्झौताप्रति बेइमानी गरेको देख्दा र आफ्नो स्वार्थका लागि अरूलाई प्रयोग गर्न खोजेको देख्दा साह्रै रिस उठ्छ ।
११ कतिखेर भावुक हुनुहुन्छ ?
अप्रत्यासित घटना घट्दा वा आन्दोलन क्रान्तिमा अनावश्यक क्षति हुँदा, आफूले गरेको प्रतिबद्धता पूरा नहँुदा, अरूको र आफ्नो मन धेरै दुखेको वेला बढी भावुक भइन्छ ।
१२ सानोमा कस्तो हुनुहुन्थ्यो ?
आफ्नो समकक्षी साथीहरूभन्दा अलि बढी चन्चले थिएँ । म आफूलाई बढी जान्ने, सिपालु ठान्ने र विद्रोहीखालको थिएँ ।
१३ कुनै परिस्थिति जसले तपाईंलाई उत्तेजित बनाउँछ ?
कोलाहलपूर्ण तथा मुठभेडपूर्ण वातावरण । अनि अराजकपूर्ण अवस्थामा अलि बढी उत्तेजित भएजस्तो लाग्छ ।
१४ तपार्इं किन कम बोल्नुहुन्छ ?
थोरै बोल्ने, काम धेरै गर्ने बानी परेर होला । धेरै गफाडी र फूलबुट्टा भर्ने कला नभएर पनि होला । धेरै बोलेर बिगार्नुभन्दा नबोल्नु राम्रो भन्ने धारणा भएका कारण पनि होला । अर्को कुरा जिम्मेवारी, हैसियत र स्वभावका कारण पनि यसो भएको हुनुपर्छ ।
१५ राजनीतिमा तपाईंको हिरो को हो ?
आफ्नै पार्टी अध्यक्ष कमरेड प्रचण्ड र आफूभन्दा वरिष्ठ कमरेड, सहयोद्धा कमरेडहरू र स्वयं आफँैलाई पनि हिरो ठान्छु ।
१६ भूमिगतबाट खुला राजनीतिमा आएपछिको अनुभूति कस्तो रहयो ?
सार्वजनिक छवि अनुसार काम गर्ने अवसर कम भएको अनुभूति भएको छ ।
१७ कति संयमित हुनुहुन्छ तपाईं ?
ठिक्कको सीमासम्म संयमित हुन्छु । सीमाभन्दा बाहिरको संयमितता मेरो स्वभावले दिँदैन । सीमा नाघेपछि आवश्यक प्रतिक्रिया जनाउँछु ।
१८ निजी जीवनमा कतिखेर खुसी हुनुहुन्छ ?
आफ्नो परिवार, नातागोता, इस्टमित्रसँग बसेर सुख–दु:खको कुरा गरेर रुखासुखो खाँदा, घरपरिवारमा झैझगडा नहँुदा, सबै मिलेर एकैठाउँमा बस्दा खुसी हुन्छु ।
१९ फुर्सदको समय कसरी बिताउन चाहनुहुन्छ ?
शारीरिक श्रम (जुनसुकै काम) गरेर, पत्रपत्रिका र किताब पढेर समय बिताउँछु । समय मिलेको वेला साइबर जाने इमेल हेर्ने र थकाइ लाग्दा आराम गरेर बिताउन चाहन्छु ।
२० सानोमा के बन्ने सपना देख्नुभएको थियो ?
खासै त्यस्तो विशेष सपना थिएन । त्यसको सम्झना पनि छैन ।
२१ जीवनको सबैभन्दा दु:खको क्षण कुन हो ?
धेरैपटक दु:खसँग संघर्ष गरिएको छ । सबैभन्दा दु:खको क्षण यही थियो भन्न गाह्रो छ । सबै कष्टकर र जोखिमपूर्ण थिए । तर पनि सानो छँदा भारतमा कुल्ली काम गर्न गएको थिएँ । सडक खन्न जाँदा विनाकारण मन्सीले कुटयो । पाँच दिन थला परेको थिएँ कुटाइबाट । त्यो सम्भँmदा ज्यादै दु:ख लाग्छ । किसान र गरिब परिवारमा जन्मिएकाले बाल्यकाल तथा विद्यार्थी जीवन सबैभन्दा कष्टकर थियो ।
२२ सबैभन्दा सुखको क्षण नि ?
सबैभन्दा सुखको क्षणको अनुभूति गर्न पाएको छैन । राजनीतिक जीवनको क्षण भन्नुपर्दा अहिलेसम्म गणतन्त्र घोषणा र संविधानसभा चुनावको अन्तिम परिणाम घोषणाका दिन सुखको अनुभूति थियो भन्न सकिन्छ ।
२३ तपार्इंको जीवनमा सबैभन्दा जटिल मोड कुन हो ?
व्यक्तिगत जीवनबाट पार्टीगत जीवनमा प्रवेश गर्दाको मोड तथा खुला जीवनबाट भूमिगत जीवन प्रवेश गर्दाको बाध्यात्मक अवस्थाको मोड आफँैमा जटिल थियो ।
२४ तपार्इंले गरेको सही निर्णय कुन हो ?
व्यक्तिगत जीवनबाट पार्टीगत जीवनमा प्रवेश गर्ने निर्णय वा खुला जीवनबाट भूमिगत जीवन प्रवेश गरी देश र जनताको मुक्तिका लागि निरन्तर लड्ने निर्णय जुन गरियो, त्यो नै मेरो जीवनको सही निर्णय थियो भन्ने लाग्छ ।
२५ जीवनमा तपार्इंले गरेको गलत निर्णय वा काम पनि त होला ?
त्यस्तो पछुताउनेखालको गलत निर्णय गरिएको सम्झना छैन । व्यक्तिगत र पार्टीगत रूपमा गलत निर्णय गरियो जस्तो लागेको छैन । सानातिना कमजोरी त भएका होलान् नै, तर त्यस्तो हानि हुनेखालको निर्णय भएको याद छैन ।
२६ जीवनमा सबैभन्दा पछुतो लागेको क्षण ?
एसएलसीमा राम्रो रिजल्ट आएन । राम्रोसँग अध्ययन गरेको भए राम्रो रिजल्ट आउने थियो भनेर पछुताएको थिएँ ।
२७ सबैभन्दा मन परेको पुस्तक कुन हो ?
सबैभन्दा मन परेको पुस्तक केही छन् । सोभियत संघ र महान् अक्टोबर क्रान्तिको इतिहास, समयको संक्षिप्त इतिहास, विश्वको संक्षिप्त इतिहास, फुटाऊ र राज गर, कम्युनिस्ट पार्टीभित्रको दुईलाईन संघर्ष, टिस्टादेखि सतलजसम्म, पहिलो र दोस्रो विश्वयुद्ध, स्टालिनको छानिएका रचना, माओको छानिएका सैन्य रचना, अन वार, आर्ट अफ वार मन पर्ने किताब हुन् । विशेष रूपले एउटा मात्र छनोट गर्न गाह्रो छ ।
२८ सबैभन्दा मन परेको उपन्यास कुन हो ?
सबैभन्दा पहिले पढेको र मन परेको उपन्यास ‘आमा’ हो । दोस्रोमा ‘स्वास्नीमान्छे’ र ‘बसाइँ’ हुन् ।
२९ धेरैचोटि दोहोर्‍याएर कुनै पुस्तक पढ्नुभएको छ ?
मन परेको पाठ वा किताब दुईचोटि अवश्य पढ्छु । महान् अक्टोबर क्रान्तिको इतिहास र दस दिन दुनियाँ जगमगायो, कम्युनिस्ट पार्टीभित्रको दुईलाईन संघर्ष, क्रान्तिकारीहरूको जीवनी, माओ, लेनिन र स्टालिनका संकलित रचना दोहोर्‍याएर पढेको छु ।
३० तपार्इंले लेखेको पुस्तक कस्तो हो ?
रक्तिम पाइला नामक पुस्तक हो । जनयुद्धकालमा मेलै नेतृत्व गरेको भिडन्तका अन्तरकथा समेटिएका छन् यो पुस्तकमा ।
३१ तपार्इंलाई असाध्यै मन परेका स्वदेशी, विदेशी लेखकहरू ?
डायमनशमशेर, पारिजात, खगेन्द्र संग्रौला, डा. सुरेन्द केसी, जगदीश घिमिरे, म्याक्सिम गोर्की, क्रुप्स्काय, लुसुन जस्ता लेखक मन पर्छन् ।
३२ आफू पनि खेल्नुहुन्छ ?
भलिबल, मार्सल आर्ट, लाठी खेल, रसी तान्ने खेल र फास्ट रनिङ जस्ता खेल खेल्न सक्छु ।
३३ फिल्म कत्तिको हेर्नुहुन्छ ?
धेरै फिल्म हेर्ने अवसर मिलेको छैन । हिट फिल्मबारेमा चासो र जिज्ञासा भने रहन्छ । हेर्ने अवसर नमिले पनि अरूबाट कथावस्तु सुन्छु ।
३४ मन पर्ने खेल कुन हो ?
भलिबल, फुटबल, मार्सल आर्ट, लाठी खेल, रसी तान्ने खेल र फास्ट रनिङ । फुटबलबाहेक यी सबै खेल राम्रो खेल्न सक्छु ।
३५ तपाईंलाई असाध्यै मन पर्ने गीत कुन हो ?
प्रगतिशील गीतमा– नीलो आकाशमा हावा खाँदै हाँस्दै रमाउँदै,.. मुक्त हुन्छाँै एक दिन हामी जन्जिर चुडाउँदै, गाउँगाउँबाट उठ बस्ती–बस्तीबाट उठ । राष्ट्रिय गीतमा– यो नेपाली शिर उचाली संसारमा लम्किन्छ र मानवतासम्बन्धी गीतमा– फूलको आँखामा फूलै संसार जस्ता गीत खुबै मन पर्छ ।
३६ मन पर्ने गायक–गायिका ?
अरुणा लामा, कुन्ती मोक्तान, तारादेवी, नारायणगोपाल, जेबी टुहुरे, रायन, खुसीराम पाख्रिन, रामकृष्ण ढकाल, एम बराल, तीर्थ गन्धर्व, अञ्जु पन्त, बिमाकुमारी दुरा, लक्ष्मी न्यौपाने ।
३७ नाचगान गर्न कत्तिको सिपालु हुनुहुन्छ ?
आफैँ नाचगान गर्न सक्छु, तर विधासम्बद्ध ढंगले होइन । स्वस्फूर्त ढंगले गाउँघरे लोकतालमा हो ।
३८ तपाईंको मन पर्ने खाना कुन हो ?
रोटी र ढिँडो ।
३९ कस्तो पोसाक लगाउन मन पराउनुहुन्छ ?
शरीरमा मिल्ने जस्तोसुकै पोसाक, टाइटभन्दा ठिक्कको खुला आकारमा र आफ्नो छालाको रंगसँग म्याच गर्ने खालको लुगा मनपर्छ ।
४० तपार्इंका आदर्श नेताहरू को–को हुन् ?
मेरो आदर्श नेता प्रचण्ड, सो पार्टीका पदाधिकारी र मभन्दा सबै हिसाबले पाको र परिपक्व नेताहरू ।
४१ तपार्इंलाई कस्तो मान्छे मन पर्दैन ?
लोभीपापी, महत्त्वाकांक्षी, अरूलाई प्रयोग गरेर महत्त्वकांक्षा पूरा गर्ने, विश्वासघात गर्ने, धोका दिने प्रवृत्ति भएका मान्छे मन पर्दैन ।
४२ कस्तो स्वभावको मान्छे मन पर्छ ?
सरल, सहज, इमानदार, धोका नदिने, मिलनसार, आत्मनिर्भर र साहसिक स्वभावको मान्छे मन पर्छ ।
४३ राजनीतिमा नलागेको भए कुन पेसामा लाग्नुहुन्थ्यो ?
राजनीतिमा नलागेको भए, शिक्षक र किसान बन्थेँ । खेती–किसानी अझै पनि मेरो रुचिको पेसा हो ।
४४. जनयुद्धको सबैभन्दा रोचक फौजी कारबाही कुन हो ?
जनयुद्धको सबैभन्दा रोचक दाङ सदरमुकाम घोराही आक्रमणको फौजी कारबाही नै हो । सबै हिसाबले रोचक कारबाही थियो त्यो ।
४५. दस वर्षपछिको नेपालको परिकल्पना गर्नुभएको छ ?
दस वर्षपछिको नेपाल–आत्मनिर्भर, स्वाधीन, सम्वृद्ध, स्वतन्त्र अधिकार सम्पन्न, मानवअधिकारको प्रत्याभूति भएको शान्ति, सद्भाव, एकता कायम भएको राष्ट्रको कल्पना गर्छु ।
४६. त्यतिवेला तपार्इंको स्थान कहाँ र कुन अवस्थामा हुन्छ होला ?
अहिलेभन्दा परिपक्व, अनुभवी र देशको सेवामा अझ बढी समर्पित भएको नागरिकका रूपमा हुनेछ । जनता र राष्ट्रले छनोट गरिदिएको स्थानमा मेरा स्थान र भूमिका रहनेछ ।
४७. जनयुद्ध कालमा मर्नसँग डर लागेन ?
मान्छे जन्मेपछि मृत्यु अनिवार्य छ । मृत्युलाई जानेपछि किन मर्न डराउनु ? आखिर मर्नु नै छ । तर, मर्नु किन र कसका लागि ? बाटो रोज्नु मात्र फरक कुरा हो । सम्पूर्ण मुक्तिका लागि मृत्यु वा मुक्तिको कसम खाएर सचेत ढंगले क्रान्तिमा हामफालेपछि के को डर ? आफ्नो मृत्युले जनता, समाज र राष्ट्रलाई फाइदा हुन्छ भने जस्तोसुकै मृत्युवरण गर्न पनि तयार भएपछि मृत्युको डर आफैँ भागेर जान्छ ।
४८ सबैभन्दा बढी रुवाएको कुनै घटना ?
तकसेरा फौजी कारबाहीमा कमरेड क्रान्ति र कमरेड पहाडको शहादत हँुदा र मेरो कान्छो भाइ कमल पुनको आफ्नै साथीको गद्दारीबाट हात–खुट्टा भाँची नाक, मुख र शरीर चिरेर हत्या गरेको खबर सुन्दा आमाको मृत्युमा भन्दा बढी रोएको थिएँ ।
४९ गणतन्त्र घोषणा हँुदा कस्तो महसुस भयो ?
गर्वले छाती फुलेको थियो । सहिदको झल्झली याद आइरहेको थियो ।
५०. तपाईंको अधुरो सपना ?
शान्त, सुन्दर, सम्वृद्ध २१औं शताब्दीको नयाँ नेपालको सपना ।man

२ सय २४ जना सवार बिमान इजिप्टमा दुर्घटना


कार्तिक १४, २०७२- २ सय बढी यात्रु बोकेको रसियाली बिमान इजिप्टको सिनाईमा दुर्घटना भएको छ । इजिप्टका प्रधानमन्त्रीले दुर्घटनाको पुष्टि गरेका छन् । बिमानमा २ सय १७ यात्रु र ७ जना चालक दलका सदस्य रहेको बताइएको छ । एयरबस ए–३२१ रसियाली सहर सेन्ट पिटरवर्ग जानको लागि सार्म इल सेखबाट उड्ने वित्तिकै दुर्घटना भएको हो । इजिप्टका सञ्चारमाध्यमले जनाए अनुसार दुर्घटनास्थलमा बिमानका अवशेषहरु देखिएका छन् र घटनास्थलमा २० भन्दा बढी एम्बुलेन्सहरु उपसिस्थत छन् । विमानमा रहेका अधिकांश यात्रु रसियाली पर्यटक भएको बताइएको छ । यो बिमान रसियाली एयरलाईन्स कोगाल्माभियाले सञ्चालन गरेको हो । इजिप्टका प्रधानमन्त्री सरिफ इस्मैलको सचिवालयले विज्ञप्ती जारी गर्दै उक्त बिमान सिनाईमा दुर्घटना भएको जनाएको छ ।

प्रकाशित: कार्तिक १४, २०७२man

Russian Made USB Killer pendrive Computer killer


Russian security researcher devised a weird USB stick that is capable of destroying sensitive components of a computer when plugged-in.The “USB Killer” device was created by a do-it-yourself hardware enthusiast who described his project, complete with pictures and technical details, on a Russian blogging platform in February. An English-language version was posted on a different site Last month.Therefore please do not insert other USB drivers into your computer. Also,Security researchers have long warned about the security risks of inserting other people’s USB drives into your computer. man

Hatkadi: Underworld Don Chhota Rajan arrested


Gangster Chota Rajan has been arrested in Indonesia. He was a key-Dawood Ibrahim aide once upon a time and later broke away from him.The police in Bali was tipped off by the Australian police about a murderer travelling on an Indian passport as "Mohan Kumar". It soon emerged that Mohan Kumar was an alias used by the 55-year-old crime boss wanted for charges that include contract killing, arms smuggling and extortion. His arrest was on the basis of an Interpol red-corner notice issued against him way back in 1995 for committing criminal acts such as murder, running an organised crime syndicate, conspiracy etc. Sources say Rajan's role is suspected in the assassination of Nepal MP Mirza Dilshad Beg, who was shot dead in Kathmandu in 1988. In recent years, Rajan was known for his boisterous claims, and had a nomadic life, moving from country to country, seeking safe hideout. Many intelligence operatives believed that he was past his prime, and was spending a peaceful life away from the bloodied underworld operations.

man