चीनबाट लोड गरेर आएका १२ वटा ट्याङकर टिमुरे आइपुगे

भिडियो सहित हेर्नुहोस !
Advertisement

रसुवागढी–चीनले अनुदानमा दिएको पहिलो चरणको १ सय टन पेट्रोल बोकेको सबै ट्याङकर रसुवाको सिमा नाका टिमुरे आइपुगेका छन्। शनिबार र आइतबार गरेर तेल भर्न गएको १२ वटा ट्याङकर इन्धन भरेर टिमुरे आए पनि कागजी प्रक्रिया नमिलेको भन्दै टिमुरेबाट अगाडी बढ्न सकेका छैनन्।

पेट्रोलको भन्सार नतिर्दा रसुवागढी भन्सार कार्यालयमै राकिएको हो। राजस्व र जाँचपासको विषयमा कुरा मिल्न नसकेपछि चीनबाट आएको १२ वटा ट्याङकर रसुवाको टिमुरेमा रोकिएको छ। शनिबार र आइतबार गरी दुई चरणमा चीनको केरुङमा लोड भएर आएको १२ वटा ट्याङकर तेल सिमा नाका टिमुरेमा रोकिएको छ।

'कागजी प्रक्रिया मिलेपछि सबै ट्याङकर आज साँझ सम्म यहाँबाट पठाउने तयारी गरिरहेका छौ,' रसुवाका डिएसपि अबदेश विष्टले भने, 'आयल निगम र भन्सारबीच राजस्व दाखिला गर्ने सहमति भएसँगै प्रहरीले स्कर्टिङ गरेर राजधानी पठाइनेछ। १२ ट्याङकरमा लोड गरेर चीनको केरुङबाट १ सय टन पेट्रोल दुई दिन गरेर नेपाल भित्रिएको हो।

'बाटोको अबस्था हेर्दा ९ हजार लिटर तेल लैजान पनि हामीलाई गाह्रो छ,' ट्याङकर चालक सिताराम गौतमले भने, 'चीनको बाटोको त्यति समस्या नभएपनि भौगोलिक हिसावले नेपालको बाटोमा धेरै घुम्ति र केही अप्ठ्यारो छ।' 'एकतर्फी बाटो भएकाले तेल लैजानका लागि धेरै ठाउँमा साइड दिनुपर्ने रहेछ, उनले भने, 'केही ठाउँको पहिरो र घुम्ति धेरै भएकाले पुर्ण क्षमतामा १२ हजार लिटर तेल लैजान सक्ने अबस्था छैन ।'

आयल निगमका प्रवक्ता दिपक बरालका अनुसार चीनबाट अनुदानको तेल आइसकेपछि पुन पेट्रो चाइना र नेपाल आयल निगमबीच व्यवसायिक सम्झौता हुनेछ। सम्झौताका लागि नेपाली टोली चीन जान पनि सक्ने उनले बताए । व्यवसायिक सम्झौता पछि चीनबाट ल्याउने तेलको मुल्यका विषयमा कुरा हुनेछ।

तेल लिनका लागि ट्याङकरसँगै शुक्रबार नेपाल आयाल निगम र पेट्रोलियम ढुवानी महासंघका पदाधिकारीसहितको टोली शुक्रबार नै केरुङ प्रस्थान गरेका थिए। चीनले दिने अनुदानको तेल पहिलो चरणमा १ लाख ४० हजार लिटर अर्थात् १ सय टन पेट्रोल आउने छ।

Share this

Related Posts

Previous
Next Post »