मधेसी मोर्चाले आन्दोलन फिर्ता लिएन

भिडियो सहित हेर्नुहोस !
Advertisement

कार्तिक १५, २०७२- तराई मधेसमा ७९ औं दिनदेखि आन्दोलित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन फिर्ता नलिने दोहोर्‍याएको छ । जनकपुरमा दुई दिनसम्म चलेको मोर्चाको बैठकले आन्दोलन टुंगोमा नपुगेसम्म अझै सशक्त बनाउने निर्णय गरेको छ । 'आन्दोलनका दौरान जारी रहेका आन्द्योलनसम्बन्धी सम्पूर्ण कार्यक्रमहरु, आमहड्ताल, राजमार्ग अवरोध, नाका अवरोध, उद्योग कलकारखानालगायत सरकारी कार्यालय तथा वित्तिय संस्थाहरुको बन्दी अझ बढी सशक्तरुपमा अगाडि बढाउने,' मोर्चाको बैठकपछि जारी विज्ञप्तीमा जनाइएको छ । मोर्चाले जनपरिचालनलाई अझै सशक्त र सहभागितामुलक बनाउने पनि निर्णय गरेको छ । बैठकले वार्तालाई परिणामुखी बनाउन सरकार संवेदनशील हुनुपर्नेमा जोड दिएको छ । मोर्चाले आन्दोलनमा सम्पूर्ण औद्योगिक तथा व्यवसायीक वर्ग, किसानलगायतले लिएको बैंक ऋणको ब्याज र जरिवाना मिनाहा गर्न पनि माग गरेको छ ।

Share this

Related Posts

Previous
Next Post »